दुई किशोरी महाकालीमा बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीका दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला बेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरू दिउँसो २ बजेतिर बेपत्ता भएका हुन् । बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको छ ।

प्रतिक्रिया