अर्थ सचिवमा कृष्णहरि पुष्कर नियुक्त

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा पुष्करलाई नियुक्ति गरेको हो ।

यसअघिको मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिवमा मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । उनको ठाउँमा पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको थियो । यस्तै मन्त्रिपरिषद बैठकले राजस्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया