नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा पाण्डे

काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ । आज काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रुपमा समेत परिचित छन् । यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया