लोसपाले गर्यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । लोकतान्त्रिक समाजवाद पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया