प्रहरीद्वारा गाँजा लोड गरेको भारतीय ट्रक नियन्त्रणमा

पर्सा । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साले प्रतिबन्धित गाँजा लोड गरेको भारतीय ट्रक बरामद गरि नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महाननगरपालिका– २४ ड्राईपोर्ट परवानीपुर सडकखण्ड स्थित पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतर्फ बहुअरी चोकमा रोकी राखेको युपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रकमा लोड गरिएको प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो ।

उक्त मालवाहक ट्रकमा प्रतिबन्धित लागुऔषध (गाँजा) लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मोबाईल, सवारी चालक क्याविन माथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाई लुकाइछिपाई राखेको १० प्याकेट (१४३.५ केजी) गाँजा फेला पारेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतले जानकारी दिए ।

प्रतिबन्धित गाँजासहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक बस्नेतको भनाइ छ ।

प्रतिक्रिया