‘दुई नम्बरी’ को टिजर

काठमाडौं । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘दुई नम्बरी’ को टिजर सार्वजनिक गरिएको छ । मंगलबार अभिनेता दयाहाङ राई र सौगात मल्ल लगायतका कलाकारको प्रमुख भूमिका रहेको चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेता सौगात र दयाहाङसँगै अभिनेता बुद्धि तामाङ, अभिनेत्री उग्येन चोदेन, उपासना सिंह लगायतका कलाकारलाई देखाइएको छ ।

सार्वजनिक टिजरको सुरुमा अभिनेता दयाहाङ र सौगातलाई बन्दुक चलाइरहेको देखाइएको छ । अभिनेत्रीद्वय उग्येन र उपासना चलचित्रमा दयाहाङ र सौगातको साथमा रहेको छन् । निर्देशक लामाले नै लेखन रहेको चलचित्र सामाजिक विषयमा आधारित रहेको छ । दिपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठको लगानीमा निर्माण गरिएको चलचित्र रेड बर्ड प्रोडक्सनको ब्यानरमा बनाइएको हो । चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

यस्तै, चलचित्रमा कलाकार पुस्कर गुरुङ, कविता आले, प्रकाश घिमिरे, शारदा गिरी, सुष्मा निरौला लगायतको अभिनय छ । सुसन प्रजापतिले खिचेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन रहेको छ । कुनल कुँवरले रङ संयोजन गरेको यो चलचित्र २१ असोजबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया