‘तलास’ को दोस्रो गीत

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र ‘तलास’ को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक गरिएको छ । गीतमा गायिका मेलिना राई र गायक उदय नेम्वाङको स्वर रहेको छ । गायक उदयको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेता दावा मिङमार शेर्पा र अभिनेत्री विमला खजुम लिम्बूको अभिनय छ । पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकम आदिको अनिवार्य अन्त्य गर्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।


चलचित्रमा दावा र विमलासँगै राजकुमार लिङ्देन, सोम लामा, एलिना बासकोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, हस्त लिवाङ, कल्याण राई, मुकेश कालिकोटे, अजय खडका, विमल ढुंगेल, विक्रम धिमाल, मेखबहादुर मगर लगायतका कलाकारको अभिनय छ ।


चलचित्रमा दिनेश माङ्मुको नृत्य, रोशन वान्तवा राईको संगीत, पुन्य ओझाको द्वन्द्व, विक्रम डिसीको छायांकन र दिनेश लिङ्देनको कथा छ । कविता राई लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा गजमति सम्वाहम्फे र दिपक नेपाली निर्माता छन् । माघको तेस्रो साताबाट प्रदर्शनमा आउने तयारी रहेको चलचित्रमा दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन छ ।

प्रतिक्रिया