आज थपिए ९ सय ३४ जना कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज ९ सय ३४ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ५ हजार ३ सय ५१ परीक्षणमध्ये ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ ।

यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चारसय ७० जना घर फर्किएका छन् । अहिलेसम्म ९ लाख ७२ हजार ९ सय ६७ जनामा मानिस स्वास्थ्यलाभ लिई घर फर्किसकेका छन् ।

यस्तै आज कोरोना भाइरसको संक्रमणबाट १ जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ९ सय ७२ जनाको संक्रमणबाट निधन भएको छ । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा २ सयभन्दा बढी संक्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् ।

संक्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेशनमा ५ हजार ५ सय ९ जना, संस्थागत आइसोलेशनमा १ सय ७७ जना, सघन उपचार कक्ष (आइसियु) मा ४७ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया