डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

धनगढी । कैलालीमा डेढ केजी चरेससहित एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छ्न् । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका– ४ का २७ वर्षीय गणेशप्रसाद जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार धनगढी उपमहानगरपालिका– २ ट्राफिक चोक नजिक शंकास्पद रुपमा हिँडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोशाकको टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ किलो ५०० ग्राम लागुऔषध (चरेस) बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति र लागुऔषध (चरेस) जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिए । पक्राउ परेका व्यक्ति सशस्त्र प्रहरीका सहायक हवल्दार रहेको र कैलालीको बनबेहडाका कार्यरत रहेको उनले बताए ।

प्रतिक्रिया