मदन पुरस्कार–२०७८ का लागि छानिए ८ पुस्तक

काठमाडाैं । यसवर्षकाे मदन पुरस्कारका लागि ८ पुस्तक छनाैटमा परेका छन्। मदन पुरस्कार गुठिलाई प्राप्त भएका २९९पुस्तकहरूमध्येबाट ८ वटा पुस्तक छानिएको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । दीक्षितले एक विज्ञप्ति जारी गर्दै छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन् । ती ८ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

यी हुन छनौटमा परेका ८ पुस्तकहरूः

‘अग्नि’–डा. नवराज लम्साल

‘ग्रीष्मको नीलो बतास’–डा. दामोदर पुडासैनी ‘किशोर’

‘महाभारा’–बसन्त बस्नेत

‘यादको सन्दुक’–दिपा मेवाहाङ राई

‘लिच्छवि लिपि’–डा. नयनाथ पौडेल

‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’–प्रा. नीलमणि ढुङ्गाना

‘सतीः इतिहास र मीमांसा’–सुजित मैनाली

‘हिति प्रणाली’–पद्मसुन्दर जोशी

प्रतिक्रिया