सञ्चारकर्मी पोखरेलको रचनामा गीत ‘आफैंले रोजेको घर’

काठमाडौं । सञ्चारकर्मी एवं गीतकार सविता पोखरेलको शब्द रचनामा ‘आफैंले रोजेको घर’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

पोखरेलले लेखेको उक्त गीतमा लोकप्रिय गायक गायिकाहरु टिका पुन, राधिका हमाल, अर्जुन सुनाम, राजु परियार, स्वर्गीय गायिका दिलमा सुना, गायक झलक संगीतम् र दिपक सुनारले आवाज दिएका छन् ।

गायिका सुनारको गत असारमा मृत्यु भएको थियो । मृत्यु हुनु अगाडि नै उनले यस गीतमा आवाज दिएकी थिइन् । उक्त गीतमा संगीत र संगीत संयोजन झलक संगीतम्को रहेको छ ।

त्यस्तै, गीतको भिडियोमा चर्चित कलाकारहरु नन्दा बस्याल, शितल केसी, विशाल पहाडी, स्वस्तीका लामिछाने, सुमन बैरागी, मीना लामा र मकर बहादुर बानियाँ, लक्ष्मी भण्डारी र गीतकार सविता पोखरेल समेतको अभिनय रहेको छ ।

कलाकार शितल केसी र विशाल पहाडीले पहिलोपटक तीज गीतमा अभिनय गरेका हुन् । झलक संगीतम्ले निर्देशन रहेकोे भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश परियारको सम्पादनमा तयार भएको भिडियोलाई ‘आलाप स्टुडियो’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको कथावस्तु मध्यम परिवारकी छोरी खान्दानी र कथित् उपल्लो जातको परिवारमा विवाह भएपछि पाएको दुःख र पारिवारीक द्वन्वपछि एउटी नारीको कथा वस्तु गीतको शब्द र भिडियोमा पनि समावेश गरिएको सञ्चारकर्मी एवं गीतकार पोखरेलले बताइन् ।

प्रतिक्रिया