बझाङमा सवारी कारबाहीबाट १५ लाख ३० हजार रुपैयाँ राजश्व संकलन

बझाङ । बझाङ जिल्लामा एक वर्षको अवधीमा सवारी कारबाहीबाट १५ लाख ३० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकोे तथ्ग्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असाढ मसान्त सम्म जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम विपरीत चल्ने साना ठुला सवारी साधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मासिक रुपमा हेर्दा अषाढ माहिनामा जम्मा रु १ लाख ३६ हजार ५ सय जेठमा १ लाख १९ हजार ५ सय वैसाखमा ८७ हजार चैतमा १ लाख ११ हजार ५ सय फागुनमा १ लाख ३५ हजार माघमा १ लाख ३७ हजार पाँच सय पुसमा १ लाख ६४ हजार मँसिरमा १ लाख ४२ हजार कार्तिका ९३ हजार ५ सय असोजमा १ लाख ४४ हजार ५ सय भदौमा १ लाख ६५ हजार साउनमा १ लाख ५३ हजार गरी जम्मा १५ लाख ३० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो ।

त्यस्तै एक वर्षको अवधिमा २ हजार ६ सय ८१ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै ६ सय ११ मोटरसाइकल रहेका छन् । सो बाहेक १ हजार ३ सय ५२ जिप ,कार, भ्यान कारबाहीमा परेका छन् । यसैगरी ट्राफिक प्रहरीका अनुसार ३ सय ५ ट्रक , २ सय ७१ ट्याक्टर, ५१ बस र ९१ अन्य सवारी साधान कारबाहीमा परेका छन् ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने, तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु कारबाहीमा परेको प्रहरी सहायक निरीक्षक जोशीले बताउनुभयो । जिल्लामा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि ट्राफिक प्रहरीले विविध कार्यक्रम समेत सञ्चालन गर्दै आएको जिल्ला टा्रफिक प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक दिपकराज जोशीले बताए ।

प्रतिक्रिया