फक्सवागनले ल्यायो ‘मनसुन एक्सचेन्ज अफर’

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा. लि.ले आजदेखि ‘फक्सवागन मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी ल्याएको छ ।

यो योजना आफुसँग भएको पुरानो गाडीको सट्टा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि हो । यो योजना आजै शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको हो ।

सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साट्न जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी लैजान पाउन कम्पनीले जनाएको छ ।

अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउनेछन् ।

यसका साथै, योजना अवधिभर ग्राहकले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको सबैभन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्रदान गरिनेछ ।

सो मूल्याँकन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ । साथै ५० हजार सम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ, जसअनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरूमध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेक्यास्कन पाउन सक्नेछन् ।

हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, पाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरू १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मदत गर्दछ ।

पूजा इन्टरनेशनल नेपाल प्रा. लि. ले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको हो ।

प्रतिक्रिया