सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार कोरोना अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबार अल्कोहोलिक हेपाटाइटीसको समस्या भइ अस्पताल भर्ना भएका ती पुरुषको कोरोना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ ।

साथै, ती मृतक पुरुषले कोरोनाविरुद्धको खोप समेत नलगाएको बुझिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया