बझाङमा लागुऔषध चरेस सहित एक जना पक्राउ

बझाङ । बझाङमा लागुऔषध चरेस सहित एक जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको वित्थडचिर गाउँपालिका वडा नँ– ८ बागथालाबाट १२ किलो चरेससहित दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन ।

सदरमुकाम चैनपुरदेखी महेन्द्रनगर तर्फ गइरहेको सु.प.प्र.०२००१ ख १११९ नम्बरको बसमा सवार खडायतलाई अस्थायी प्रहरी पोष्ट बागथालाले चेकजाँच गर्दा उनको साथबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई अहिले नियन्त्रणमा लिएर जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया