हिजो मेरो घरमा बम पड्काइयो, आजीवन पिएसओ पाऊँ : सांसद रेनुका गुरुङ

प्रहरी भन्छ पटका पड्किएकाे हाे

काठमाडौं । जसपाकी सांसद रेनुका गुरुङ आफ्नो घरमा सोमबार बेलुका बम पड्काइएको दाबी गरेकी छन् । मंगलबार संसदको शून्य समयमा उनले आफ्नो घरमा अज्ञात व्यक्तिले सकेट बम पड्काएको दाबी गरेकी हुन्। महाराजगञ्ज क्षेत्रमा रहेको आफ्नो घर सुरक्षा चुनौती थपिएको बताइन् । उनले घटनालगत्तै आफूले प्रहरी र उपसभामुखलाई जानकारी गराएको संसदमा उल्लेख गरिन् ।

‘मेरो घरमा हिजो बम पड्कियो । तत्कालै महारजगञ्ज प्रहरीलाई फोन गरेँ । प्रहरी आएपछि तल ओलिएर हेर्दा सकेट बमको खोल रहेछ’, उनले अगाडि भनिन्, ‘ठूलो आवाज आएपछि झ्यालबाट बाहिर हेर्दा मोटरसाइलमा आइका दुई जना व्यक्ति भागे, मैले चिनिनँ। म माथि सुरक्षा खतरा भयो, आजीवन पिएसओस पाऊँ ।’ महाराजगन्ज प्रहरीले भने पटका पड्किएकाे जानकारी आएको बताएकाे छ ।

प्रतिक्रिया