धनगढी । धनगढी उपमहानगरपालिकाले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका स्वयंसेविकाका परिवारलाई प्रति परिवार एक–एक लाख दिने निर्णय गरेको छ ।
आइतबार बसेको नगर कार्यपालिकाको आठौँ बैठकबाट कोभिड– १९ को समयमा कोभिड संक्रमणबाट मृत्यु भएका दुई जना स्वयंसेविकाका परिवारलाई एक–एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाले कोभिड– १९ संक्रमणबाट मृत्यु भएकी धनगढी उपमहानगरपालिका– २ की स्वयंसेविका लिला चटौत र वडा नम्बर १८ की स्वयंसेविका पूर्णा अधिकारीका परिवारलाई एक–एक लाख सहयोग गर्ने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जानकारी दिए । उनले कार्यपालिकाको बैठकले निर्णय गरिसकेकाले एक–दुई दिनमै रकम हस्तान्तरण गर्ने बताए ।
कैलाली
प्रतिक्रिया