बझाङ । आफू निकट पार्टीका कर्मचारीहरुलाइ सदरमुकाम चैनपुर ल्याउन असहयोग गरेको भन्दै जयपूथ्वी नगरपालीकाका नगर प्रमुख चेतराज बजालको एकल निर्णयमा कमचारी हेरफेर गरिएको छ । नगर प्रमुख चेतराज बजालले आफ्ना पार्टी निकटका कर्मचारीहरुलाई सदरमुकाम चैनपुर ल्याउनको लागी आफुलाई असहयोग गर्दा नगरपालीकाका कार्यकारी र आफ्नो एकल निर्णयमा स्वास्थ्य शाखाका कर्मचारी हेरफेर गरेको बुझिएको छ ।
कार्यपालिका सदस्यलाई जानकारी नै नदिई कर्मचारीको जिम्मेवारी परिवर्तन र एक ठाउँबाट अर्को ठाउँ सरुवा गराएको भन्दै कार्यपालिका सदस्यले आपत्ति जनाएका छन् । नगर क्षेत्र भित्रका स्वास्थ्य चौकी तथा स्वास्थ्य शाखामा कार्यरत जनक सिहं, भक्त रोकाया, नरेन्द थापा, दिनेश धामी लगाएतका कर्मचारीहरुलाई एक ठाउँबाट अर्को ठाउँ पठाउने र ल्याउने काम गरिएको छ ।
मेयर बजालले पार्टीगत रुपमा आफु निकट कर्मचारीहरुलाई सदरमुकाम क्षेत्रभित्र ल्याएको र कम्निष्ट धाराका लाई सदरमुकाम भन्दा बाहिर पठाएको एक कार्यपालिका सदस्यले बताए । नगरपालिका क्षेत्रभित्रका विभिन्न शाखामा कार्ममचारीहरुलाई जिम्मेवारि दिने विषयमा सर्बसहमती अनुसार गराउने भन्दै साउन ११ गते निर्णय भएको थियो, तर यो विषयमा अरुलाई कुनै जानकारी नदिई मेयर र कार्यकारीले १२ गते नै निर्णय गरेको उनले बताए ।
नगर प्रमुख बजालले नगरपालीकाको विकास र जनताको सेवामा लाग्नुको सट्टा आफना पार्टिका कार्यकर्ताहरुलाई नगरपालीकामा जागिर दिन र कर्मचारीहरु लाई एक ठाउँ बाट अर्को ठाउँ पठाउने काम गरेको आरोप लागेको छ । बजाल मेयरमा निर्वाचित भएको एक महिनामै नगरपालिकाको सवारी चालक फेरेको विषयमा आलोचित भएका थिए । बजाल नेपाली कांग्रेसबाट बिजयी भएका भएका हुन्
बझाङ
प्रतिक्रिया