बैतडी । बैतडीमा छोराले आफ्नै बुबाको बन्चरो प्रहार गरि हत्या गरेका छन् ।
शुक्रबार बिहान ६ बजेतिर जिल्लाको डिलासैनी गाउँपालिका– ५ सेराका २२ वर्षीय लोकेन्द्र जोशीले आफ्नै बाबु अन्दाजी ६८ वर्षीय अन्तराम जोशीको टाउकोमा बञ्चरो हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।
उनको घटनास्थलमै मृत्यु भएको हो । हत्या गर्ने लाकेन्द्र जोशीको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया