डाट्सनको नयाँ मनसुन अफर सार्वजनिक

काठमाडौ । पायोनियर मोटो कर्पले डाट्सन रेडी गोमा मनसुन अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकले २लाख ५० हजार रुपैयाँ नगद छुट र चालु आर्थिक वर्षको लागि सवारी बीमा पाउने बताइएको छ ।

नयाँ मनसुन अफर अन्तर्गत ग्राहकले ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ समेत पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर नेपालका सबै सोरुममा लागू हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया