राहदानी र नागरिकता बनाउनेको संख्यामा वृद्धि

बैतडी । जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्यांक हेर्दा यो कुराको पुष्टि गरेको हो । गत आर्थिक वर्ष ०७८÷७९ मा ८ हजार ५ सय १४ जनाले नागरिकता बनाएका छन् । सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा ४ हजार २ सय ५७ पुरुष र ४ हजार २ सय ५७ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन् ।

यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका उनले बताए । यसका साथै गत वर्ष ५ हजार १ सय ७९ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । यस्तै आर्थिक वर्ष ०७७/७८ मा ५ हजार ५ सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए ।

यसैबीच गत वर्ष प्रशासनबाट ६ सय २२ जनालाई राहदानी वितरण गरिएको छ । यसका साथै द्रुत सेवाका लागि ८ सय ६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आर्थिक वर्ष ०७७/७८ मा यहाँका ३ सय ९२ लाई राहदानी वितरण गरिएकामा ४ सय ३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।

प्रतिक्रिया