बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि आवेदन खुल्ला गरेको छ । एमबिबिएस पढ्न चाहने जयपृथ्वी नगरपालिकाभित्रका विद्यार्थीहरुका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो ।
विज्ञान संकायबाट कक्षा १२ पास गरेका र नेपाल सरकारले लिने एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीहरुका लागि नगरपालिकाले यही साउन १८ गतेभित्र आवेदन दिन नगरपालिकाले सूचना जारी गरेको सुचना उल्लेख छ ।
छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिकाभित्रका जुनसुकै माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने र १२ कक्षामा विज्ञान विषय लिई नेपालभरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ । नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई एकजनालाई एमबिबिएस पढाउने बताएकाे छ ।
बझाङ
प्रतिक्रिया