वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन

बझाङ । वरिष्ठ लोक–देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । गम्भीर बिरामी भएपछि अस्पताल भर्ना भएका उनको बुधबार बिहान कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका– २ मुम्ला का ५४ वर्षीय कडायतमा मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

कडायत ०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय थिए । लोक– देउडा गायक कडायतले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘ल बिँडी खान्या की’लगायत दर्जनभन्दा वढी विभिन्न चर्चित गीत गाएका छन् ।

प्रतिक्रिया