बझाङमा एक वृद्ध महिला ४ दिनदेखि बेपत्ता

बझाङ । बझाङमा एक वृद्ध महिला चार दिनदेखि बेपत्ता भएकी छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका १ वस्ने अन्दाजी ७५ वर्षिया गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता भएको उनका आफन्त हर्कराज जोशीले बताए ।

जोशीका अनुसार साउन ८ गते बिहान ९ बजेदेखी खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने लामपुछ्रे ठाउँबाट छोरीलाई भेटेर आफ्नो भैँसी खर्क रहेको स्थान बलेमेला फर्कने क्रममा बेपत्ता भएकी हुन् ।

४ दिनसम्म सम्पर्कविहिन भएपछि उनको खोजी गरीदिन हर्कराज जोशीले आग्रह गरेका छन । यदि कसैले उनलाई भेटाएमा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया