जयपृथ्वी नगरपालिकामा स्थानीयको उपस्थिति बिना नै सार्वजनिक सुनुवाइ

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम स्थानीयको उपस्थिति बिना नै गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु मात्र सहभागी थिए । सोमबार नगरपालिकाको सभाहलमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही भन्दा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थिति बढि थियो ।

स्थानीय तहको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दा सहभागीमध्ये कम्तिमा ५१ प्रतिशत स्थानीय सेवाग्राहीको उपस्थिति हुनुपर्ने व्यवस्था छ । स्थानीय तह सार्वजनिक सुनुवाइ निर्देशिका २०६७ मा भएको व्यवस्था विपरित नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । दश प्रतिशत पनि सेवाग्राहीको उपस्थिति देखिएन् ।

प्रतिक्रिया