जिसस बाजुरामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जम्मा ९ पालिका रहेको बाजुरामा एमाले एक्लैका १२ मतदाता रहेका थिए । सबै पालिकाबाट गरी १८ मतदाता रहेकोमा एमाले एक्लैको १२ मतसहित बहुमत भएपछि अन्य ६ मतदाता रहको कांग्रेसले उम्मेदवारी दिएन ।

समन्वय समिति प्रमुमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्की निर्विरोध निर्वाचित भएका हुन् । यस्तै खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महतरा निर्वाचित भएका छन् । महिला सदस्य, दलित सदस्यमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन् ।

महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा र लक्ष्मी बुढा साउँद तथा दलित सदस्यमा रम्बदेवी विक निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठवटा तहको निर्वाचन पहिले भए पनि बुढीगंगा नगरपालिकाको निर्वाचन भने असार २३ गते भएको थियो । आइतबार जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया