नेपालकै सर्वाधिक विक्रि हुने सिमेन्ट बन्न पुग्यो शिवम् सिमेन्ट

काठमाडौं । नेपालकै प्रतिष्ठित एवम् अग्रणी ओपिसि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रिगर्दै नेपालभरी सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापनाकाल देखिहाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपिसि सिमेन्ट विक्रिगर्ने उद्योग बन्न सफल भएको हो ।
शिवम् सिमेन्ट एकमात्र ओपिसि उत्पादनगर्ने नेपालकै असली ओपिसि सिमेन्ट हो । ओ.पि.सि मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपिसि सिमेन्ट मात्रउत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

उत्पादन समयदेखिनै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ ।

व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगतलामो समयदेखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिकविश्वास गरिएको र रुचाइएका ेअसली ओपिसि सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आएसआइ, युएसआर प्रमाणित आइएसओ सर्टिफाइट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया