ढकाल र दिक्पाल पुरस्कृत

काठमाडौं । किरात एकेडेमीले प्रदान गर्ने ‘किरात एकेडेमी पुरस्कार’ को घोषणा गरिएको छ । साहित्यकार विप्लव ढकालको कृति ‘भोजपुरको वाङ्मय’ र लेखक राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ लाई संयुक्त रूपमा उक्त पुरस्कार दिइने भएको छ । यो पुरस्कारका लागि यसअघि सात वटा कृतिको सूची सार्वजनिक गरिएको थियो । सार्वजनिक सूचीमध्ये दुई वटालाई संयुक्त रूपमा दिइन लागिएको एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिए । पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।


तेस्रो पटक प्रदान गर्न लागिएको किरात एकेडेमी पुरस्कार यसअघि पहिलो पटक युग पाठकको उपन्यास ‘उर्गेनको घोडा’ र दोस्रो पटक झलक सुवेदीको अनुसन्धानमूलक पुस्तक ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ ले प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया