सीजीनेटकाे सुपर भ्यालु योजना

काठमाडौं । सीजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । यस योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् । कम्पनीका अनुसा समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार, १५० एमबीपीएस पपुलर र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन् । यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध रहेका छन् ।

१ वर्षको प्याकेजको औसत मासिक मूल्य ३०० एमबीपीएसको १ हजार २४४ रुपैयाँ, १५० एमबीपीएसको ९२५ रुपैयाँ र ७५ एमबीपीएसको ६८० रुपैयाँ हुने कम्पनीले जनाएको छ । यो कुनै पनि आइस्पीमार्फत प्रस्ताव गरिएको सबैभन्दा किफायती मूल्य भएको कम्पनीको भनाइ छ ।

३०० एमबीपीएसको एक महिने रकस्टार प्याकेजका लागि १ हजार ३९९ रुपैयाँ, त्यसैगरी ३ महिने प्याकेजका लागि ४ हजार ६२ रुपैयाँ र एक वर्षको प्याकेजका लागि १४ हजार ९२८ रुपैयाँ लाग्ने छ ।

यसबाहेक, १५० एमबीपीएस लोकप्रिय प्याकेज अन्तर्गत १-महिने प्याकेजका लागि १ हजार ५०, ३ महिने प्याकेजका लागि ३ हजार ४५ र १२ महिने प्याकेजका लागि ११ हजार १०० रुपैयाँ लाग्ने छ ।

प्रस्ताव गरिएको सबैभन्दा कम गति ७५ एमबीपीएस हो, जसको लागत १-महिने योजनाका लागि ७३०, ३ महिने योजनाका लागि २ हजार १६० र १२ महिने योजनाका लागि ८ हजार १६० छ ।

कम्पनीका अनुसार कुनै पनि प्याकेज र योजनाका लागि जडान खर्च र ड्रप वायर नि:शुल्क छ। डुअल ब्यान्ड राउटर कुनै पनि ग्राहकले १२ महिनाको योजना लिएमा नि:शुल्क रहेको छ भने डुअल ब्यान्ड राउटर ३ महिनाका लागि १ हजार र १ महिनाका लागि १ हजार ५०० रुपैयाँ लाग्ने छ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सीजीनेटका नाममा इन्टरनेट सेवा सञ्चालनमा ल्याएकाे एक वर्ष पूरा भएको छ |

प्रतिक्रिया