युनियनको महाधिवेशनमा तिवारी केन्द्रीय सचिवको उम्मेदवार

वीरगञ्ज । नेपाल प्रेस युनियनको आसन्न ९औँ महाधिवेशनमा केन्द्रीय सचिव (मधेसी) पदमा पर्साबाट अशोक तिवारीले उम्मेदवारी दिने निर्णय गरेका छन् ।बागमती प्रदेशको राजधानी हेटौँडामा अगामी साउन ६ र ७ गते महाधिवेशन हुने भएको छ ।

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, महानगरका उपमेयर इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पाण्डे, प्रेस युनियनका पूर्व अध्यक्ष पुरुषोत्तम भट्टराई, वरिष्ठ पत्रकार शंकर खतिवडा, युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी लगायतको उपस्थितीमा बिहीबार भएको भेलाले नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष अशोक तिवारीलाई केन्द्रीय सचिवमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया