बैतडीका असाहय बालबालिकालाई आर्थिक सहयोग

बैतडी । सिगास गाउँपालिका २ का ४ जना असहाय बालबालिकालाई बास नेपालले आर्थिक सहयोग गरेको छ । आमाबुवा गुमाएका र अपाङ्गता भएका ४ जना बालबालिकालाई सोमबार आर्थिक सहयोग गरिएको हो । सिगास गाउँपालिका २ का मुना क्षेत्री, पदम भुल, रमिता धामी र सन्तोष सिंह धामीलाई आर्थिक सहयोग गरिएको बास नेपाल द्धारा सञ्चालीत जोखीमको सञ्चारका लागि सामुदायिक संलग्नता र बाल संरक्षण कार्यक्रम अन्तर्गत सामाजिक परिचालक रेजिना टेलरले जानकारी दिईन् ।

न्युन आर्थिक अवस्था भएका असाहय तथा अपाङगता भएका बालबालिकाहरुलाई पढाईबाट बञ्चित नहुन भन्नका लागि उनीहरुलाई नगद पाँच/पाँच हजार बितरण गरीएको उनले बताईन् । बास नेपालले खास गरेर महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । हाल सम्म बैतडीका १२ जना असहाय बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धाना धामी वडा नम्बर २ वडा अध्यक्ष ठगेन्द्र सिह ऐर लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया