तानसेन पीपीसी सिमेन्ट भारत निर्यात

काठमाडौं । नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारत निकासी गर्ने कार्य सुरु गरेको छ । आरएमसी समुहका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालका अनुुसार परीक्षणको रुपमा भारतको गोरखपुरमा तीन ट्रक सिमेन्ट निकासी गरिएको हो ।

उद्योगले १५ दिन अघि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) पाएको थियो । आरएमसी समुहको विरगंजमा रहेको आरएमसी सिमेन्टले चार वर्षअघि भारतमा केही ट्रक सिमेन्ट निकासी गरेको थियो । सिमेन्टमा ९० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि हुने भएकोले निकासी बाट पनि अधिकतम लाभ हुने कम्पनीले जनाएको छ ।

हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग संचालनमा छन् । तिमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएको छ । यो सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता करिव २ करोड २० लाख टन रहेको छ । सरकारले २०७२ को भुकम्पपछि पुननिर्माणको कामलाई तिब्रता दिने क्रममा बिभिन्न भौतिक संरचना पूननिर्माण गर्ने गतिसँगै सिमेन्ट उद्योगले आफ्नो क्षमता बढाएर मागको बृद्धिलाई सम्बोधन गर्ने कोशिस गरेको पनि उल्लेख छ ।

करिब पाँच साल पहिला स्थापित पाल्पा सिमेन्टले ३ साल अघिदेखि आफ्नो उत्पादन शुरु गरेको हो । उत्पादन शुरु गरेर बजारमा जानासाथ विश्वब्यापी कोरोनाको लहरले समग्र अर्थतन्त्र नै सुस्त रहेको अबस्थामा पाल्पाकोे माथगढी ७ रहबासमा आफ्नैं चुनढगां खानी रहेको यस उद्योगले हरेक समस्याका बाबजुद गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै बजारमा उल्लेख्य उपस्थिति राख्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया