हामीले त बैशाख ३० गते भएको निर्वाचनको मतगणना गरेर त्यसबाट आउने परिणमालाई स्विकार गरेर जाँउ भनेका थियौं । तर राज्यको माथिल्लो निकाय नै यसमा आफ्नो पक्ष हार्ने देखेर आतियो । असार २३ मा भएको निर्वाचनमा राज्यका माथिल्लो निकाय परिचालन भयो । बुढीगंगामा यस भन्दा अघि यस्तो कहिल्यै भएको थिएन । यस पटकको निर्वाचनका लागि एसएसपी सम्मलाई मैदानमा खटाइयो । राज्य संयन्त्रको माथिल्लो हिस्सा समेत आश्चर्य तरिकाले परचालन गर्नु पर्यो । यो अवस्था आउनु सरकारका लागि लाजमर्दो हो । यो निर्वाचन बाहिरबाट हेर्दा एउटा नगरपालिकाको जस्तो सामन्य देखिए पनि वास्तविक त्यस्तो थिएन । यसमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, प्रहरी महानिरीक्षक, प्रमुख निर्वाचन आयुक्त, महान्यायधिवक्ता समेत मैदानमा देखिए । मानौं उनीहरु कुनै राज्य निकायका माथिलो तहका पदाधिकारी होइनन् । उनीहरु कांग्रेसका कार्यकर्ताहरु हुन् ।
यस नगरपालिकाको वडा नं ४ महान्ययधिवक्ता खम्बबहादुर खातीको घर भएको क्षेत्र हो । यस नगरपालिकमा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार रंग खाती खम्बबहादुर खातीका दाई हुन् । त्यसैले बैशाख ३० गते भएको निर्वाचनमा सबै राज्य संयन्त्र उनको पक्षमा देखियो। तर त्यसबाट पनि नजित्ने देखेरपछि उनीहरु अनेक षडयन्त्रमा लागे ।
हामीले बैशाख ३० मा भएको मतदानको मतगणनको माग गर्यौ। तर आफुहरु हार्ने भएपछि उनीहरु त्यसमा सहमत भएनन् । बैशाख ३० को निर्वाचन बदर गरेर फेरि नयाँं चुनाव गर्ने र राज्य शक्तिको आडमा धाँधली गर्ने सपना देखेका थिए।
बैशाख ३० मा भएको निर्वाचनको मतगणन होस भनेर हामी सर्बोच्च गयौं । दुई दुई पल्ट प्रधानन्यायाधीशको इजालसमा पर्यो। तर बीचमा तत्कालीन प्रधानन्यायाधीश र महान्याधिवक्ता खातीबीचको ‘गोप्य मन्त्रणा’ ले परिस्थिति अकौ तर्फ मोडने काम भयो ।
हामी निर्वाचन आयोग गयौ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया समक्ष निवेदन दियौ , तर उनी पनि हामी विरुद्ध षडयन्त्रमा लागे। ग्ृहमन्त्री बालकृष्णको खाँणको आदेशमा मैदानमा खटिएका प्रहरी फिर्ता बोलाएर शान्ति सुिरक्षा नभएको भन्दै निर्वाचन बदर गर्ने बाहना खोजियो । महान्यायाधिवक्ता खातीको वडामा प्रधानमन्त्री शेरबहादुर देउवको नाम लिएर मन लागि गर्ने प्रयास भयो ।
बुढीगंगामा आईतबार भएको निर्वाचनको परिणाममा एमाले त जित्यो नै । तर यो संगै प्रधानमन्त्री, प्रधानन्यायाधीश, महान्यायधिवक्ता, प्रमुख निर्वाचन आयुक्त र प्रहरी महानिरीक्षक हारेका छन् । समग्रमा भन्दा यो एउटा नगरपालिकाको निर्वाचन हो, तर राज्य संयन्त्र नराम्ररी पराजित भएको छ ।
(बाजुराका एमाले पोलिटब्युरो सदस्य थापासंग आईतबार गरिएको टेलिफोन वार्ताको सार संक्षेप ।)
प्रतिक्रिया