मापदण्ड नपुगेका ३७ उद्योग खारेज

लमजुङ । जिल्लामा मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८–०७९ को साउनदेखि असार २१ गतेसम्म सो संख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताइन् । उनका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएको छ ।

त्यस्तै, उक्त अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष २०७७–०७८ मा ९७० नयाँ उद्योग दर्ता भएको छ । ३६९ उद्योग नवीकरण भएको थियो । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा ११ उद्योग खारेज गरेको थियो ।

सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५–०७६ मा ६ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ ।

उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४–७५ मा १० उद्योग खारेज गरिएको थियो ।

सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांकमा छ । त्यस्तै, आर्थिक वर्ष २०७३–०७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो ।

त्यस्तै वाणिज्यतर्फ आर्थिक वर्ष २०७८–०७९ को साउनदेखि असार २१ सम्म ७२ वटा वाणिज्य दर्ता खारेज भएको कार्यालय प्रमुख थापाले बताइन् । उनले भनिन्, ‘यस अवधिमा ४०८ नयाँ वाणिज्य दर्ता भएका छन् भने २८८ वटा वाणिज्यको नवीकरण भएका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै, ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । आर्थिक वर्ष २०७६–०७७ मा २५ खारेज भएको थियो । सो अवधिमा ७६२ वाणिज्य दर्ता तथा ३२० को नवीकरण भएको थियो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ७६२ वटा नयाँ दर्ता र ३२० नवीकरण भएको थियो ।

आर्थिक वर्ष २०७५–०७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ४१४ दर्ता एवं ४५८ को नवीकरण भएको थियो भने २१० नयाँ दर्ता तथा २६४ नवीकरण भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया