माओवादी केन्द्रकाे केन्द्रीय समितिले पायाे पूर्णता

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । गत पुसमा भएको आठौँ महाधिवेशनबाट अपूरो नेतृत्व चयन गरेको माओवादीको आइतवारदेखि सुरु तेस्रो केन्द्रीय समिति बैठकले नेतृत्वलाई पूर्णता दिएको छ । यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ । माओवादीले यसअघि २०४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। अहिले केन्द्रीय समितिलाई २९९ सदस्यीय बनाइएको छ । त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ ।

यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ । ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ । माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन् । पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ जनाकाे केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ ।

प्रतिक्रिया