पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । पहिरोले बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । पाटन नगरपालिका– ८ स्थित आरुबाटा नजिक सडक माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐनबहादुर पालले जानकारी दिए । राजमार्ग अवरुद्ध भएसँगै बझाङ–बैतडी र दार्चुला भित्रिने तथा बाहिरिने गाडीहरु बिच बाटोमा अलपत्र परेका छन् ।

राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भएको पाटन– ८ का वडाध्यक्ष हरिश विष्टले बताए ।

सडक डिभिजन कार्यालयका प्रमुखसँग कुराकानी भएको र जेसिबी मगाइएको उनले बताए । छिट्टै सडक खोल्ने प्रयास भईरहेको विष्टले जानकारी दिए ।

प्रतिक्रिया