ओन्टारियोलाई नेपालले हरायो

काठमाडौं । विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए । जश शाह ४४ बलमा ३ चौकासहित २० रनमा आउट भए ।

पहिलो विकेटका लागि यी दुई ओपनरले १३.३ ओभरमा ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि निरन्तर विकेट गुमायो । मिहिर पटेल ४, नरेश बुढाऐर ४८ बलमा २ चौका र १ छक्कासहित २९ र निकोलस मनोहर २५ रनमा आउट भए । नेपालबाट खेली सकेका बुढाऐर पवन सरार्फको बलमा विनोद भण्डारीबाट क्याच आउट भए ।

नेपालका पवन सरार्फले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो । नेपालका विनोद भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए । एक समय ११६–५ को स्थीतिमा पुगेको नेपाललाई विनोद भण्डारीको अर्धशतकले प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याएको थियो ।

जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए । जश शाह ४४ बलमा ३ चौकासहित २० रनमा आउट भए ।

पहिलो विकेटका लागि यी दुई ओपनरले १३.३ ओभरमा ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि निरन्तर विकेट गुमायो । मिहिर पटेल ४, नरेश बुढाऐर ४८ बलमा २ चौका र १ छक्कासहित २९ र निकोलस मनोहर २५ रनमा आउट भए । नेपालबाट खेली सकेका बुढाऐर पवन सरार्फको बलमा विनोद भण्डारीबाट क्याच आउट भए ।

नेपालका पवन सरार्फले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो । नेपालका विनोद भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए । एक समय ११६–५ को स्थीतिमा पुगेको नेपाललाई विनोद भण्डारीको अर्धशतकले प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको थियो ।

आरिफ शेख अमर खालिदको २६ औं ओभरको अन्तिम बलमा रन आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९(१९ रनमा आउट भए । बसिर अहमदले २६ बलमा २४ रन र आदिल अन्सारीले १० रन जोडे । ओन्टारियोको शील पटेलले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

नेपालले अव क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया