नेसनल डिजाइनर रनवे हुँदै

काठमाडौं । मोडल सङ्स नेपालको आयोजनामा राष्ट्रियस्तरको फेसन डिजाइनर लक्षित ‘द नेसनल डिजाइनर रनवे’ हुने भएको छ । सङ्सले एक विज्ञप्ति जारी गर्दै आयोजक मोडल सङ्सले ‘द नेसनल डिजाइनर रनवे’ को आवेदन फारम खुल्ला भएको जनाएको छ । आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेसन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताए । उनले भने, ‘आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाइनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्न फेसन डिजाइनिङसम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थी तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिन सक्नेछन् ।’


राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शीर्ष उपाधिसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार ‘द नेसनल डिजाइनर रनवे’ को उत्कृष्ट दशभित्र रहन सफल हुने प्रतिस्पर्धीले आफूले तयार गरेका फेसन डिजाइन थाइल्याण्डमा हुने ’ग्लोवल फेसन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया