रसिकलाई प्रदेश प्रतिभा सम्मान

कैलाली । युवा स्रष्टा जनक रसिकलाई ‘प्रदेश युवा प्रतिभा सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरिएको छ । उनलाई धनगढीमा आयोजित कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सम्मान गरेका छन् । प्रदेश युवा परिषद्ले प्रत्येक वर्ष समाजका विभिन्न क्षेत्रमा काम गर्ने उत्कृष्ट युवालाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ ।

प्रदेशमा रहेर सिर्जनात्मक कर्ममार्फत योगदान दिएका साहित्यकार रसिकसहित २०७८ को प्रदेश प्रतिभा सम्मान विभिन्न क्षेत्रका ९ जना युवालाई प्रदान गरिएको छ । रसिकले सम्मानले आफूमा नयाँ ऊर्जा भरेको जनाउँदै अझै जिम्मेवारीपूर्वक काम गर्न उत्प्रेरित गरेको बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जीवन÷समाजका लागि मेरा केही आफ्नै योजना छन् । ती आम प्रचलनभन्दा नितान्त पृथक छन्, यस्ता अवसरहरूले मलाई आफ्ना योजनामा अघि बढ्न ऊर्जा त दिन्छ नै, ‘म सक्छु’ भन्ने अठोट पनि पैदा गराउँछ ।’ साहित्यकार रसिकको हालसालै ‘दोरी’ उपन्यास बजारमा आएको छ ।

प्रतिक्रिया