सहमतिमै छुट्टिने भए बाबुराम–उपेन्द्र

काठमाडौं । धेरै समयदेखि आन्तरिक खटपटमा अल्मलिएको जनता समाजवादी पार्टी(जसपा) अन्तत : विभाजन हुने नै भएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच सौहाद्रपूर्ण वातावरणमै आ–आफ्नो बाटो तय गर्ने सहमति भएको हो । 

सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बुधबार यादव र भट्टराईबीच छलफल भएको थियो । छलफलमा कार्यकर्ता अन्तरघुलित हुन नसकेकाले सहमतिमै छुट्टिनुपर्ने प्रस्ताव बाबुरामले राखेका थिए । उक्त प्रस्तावमा यादवले सहमति जनाएपछि सहमतिकै आधारमा जनता समाजवादी पार्टी फुट्ने भएको हो ।

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । एकतापछि संघीय समाजवादी पार्टी बनेको थियो । संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो ।

प्रतिक्रिया