सडकमा बेथिति

पहिलाे तस्विर

सरकारी लापरबाही : काठमाडौं र ललितपुर जोड्ने टेकु स्थित कालोपुल मुनी वर्षा लागेपनि पानी भरिन्छ । बाग्मती करिडोरबाट आउजाउ हुने सवारी साधन प्रभावित हुन्छन् । सरकारले ताकेता नगर्दा सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।

दाेश्राे तस्विर

कहिले फिर्ला बुद्धि : नयाँ बानेश्वरस्थित थापागाउँ नजिकैको आकाशे पुलबाट बाटो नकाटेर पैदलयात्रीहरुले सडकबाटै बाटो काट्दै आएका छन् । दैनिक हजारौंको संख्यामा बाटो काट्ने यस स्थानमा सरकारले आकाशे पूल राखिदिए पनि पैदलयात्री भने सडकबाटै बाटो काट्छन् । यसको मार सवारीसाधनलाई पर्छ ।

तेस्राे तस्विर

सडक पेटीमा पार्किङ : नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै सडक पेटीमा मोटरसाइकल चालकले निस्फिक्रि पार्किङ गरेको दृश्य हो यो । यहाँ साँझ फुटपाथ पसलेको भीड लाग्छ । विहान र दिउँस मोटरसाइकल पार्किङले भरिन्छ ।

प्रतिक्रिया