जबरजस्ती करणीको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

बैतडी । जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा वडाध्यक्षसहित दुई जना प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार पीडित २८ वर्षीया महिलाले दिएको जाहेरीका आधारमा मेलौली नगरपालिका– १ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशव सिंहलाई प्रक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गरि अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको उनले बताए । पीडित महिलाले मंगलबार जाहेरी दिएको र सोही राति उनीहरु प्रक्राउ परेको प्रहरीले जनाएको छ ।

२०७८ को चैत महिनामा आफूमाथि जबरजस्ती करण गरेको ती महिलाको आरोप छ । वडाध्यक्ष नेगी वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया