अनलाइन जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

हेटौंडा । हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरा गरी बस्ने कुलदिप पाठकको कोठाबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् ।

प्रहरीले हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाको २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल रहेका छन् ।

त्यस्तै मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई प्रहरीले पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० वटा मोबाइल, ३ वटा ल्याप्टप, ५ वटा कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया