गायक राईको ‘खुसीका मुहान’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।

गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । उक्त गीतमा सहास शाक्यले सङ्गीत संयोजन गरेका हुन् ।

जातका कारण वैवाहिक जीवनमा बाँधिन नसकेकाहरुको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय रहेको छ ।

‘छुटेर गए खुसीको मुहान, जीवन भयो… ’, ‘तिमीसँगै जीउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा…’ लगायत बोलको गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायांकन गरेको उक्त भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन् ।

उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया