विद्यार्थीलाई सफल बनाउन दक्षताको पहिचान गर्नुपर्छ : डा. साहनी

काठमाडौं । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफएमिनेन्स डा. सञ्जीवपी. साहनीले ‘विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्य सम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने’ कुरामा जोड दिएका छन् । आइतबार काठमाडौंस्थित होटल मेरियटमा आयोजित एक प्रेस सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
कम्पिटेन्सी म्यापिङ प्रविधिमार्फत विद्यार्थीहरू बिच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमताहरू अभिवृद्धि गर्ने बारे डा. साहनीले बताएका थिए । त्यस्तै विद्याार्थीहरुको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलतालाई कसरी उनीहरूको व्यवहार सम्बन्धी स्टिमुलाइले प्रभाव पार्दछ भनेर पनि उनले व्याख्या गरे ।

‘विद्यार्थीहरूको सापेक्षिक सबल पक्ष र कमजोरीहरू बुझ्नु र तिनकै आधारमा उनीहरुले विकास गर्नुपर्ने मुख्य दक्षताहरू पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ । यो सबै विद्यार्थीहरुको टिमवर्क, नेतृत्व क्षमता र निर्णय लिने क्षमता जस्ता क्षेत्रहरूमा उनीहरुको कौशलता पहिचान गर्ने र तिनकै आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कुरासँग सम्बन्धित छ,’ डा. साहनीले भने । उनी हालै वल्ड सोसाइटी अफ भिक्टिमोलजीको उपाध्यक्षमा पनि चुनिएका छन् ।

पछिल्ला वर्षहरूमा डा. साहनी जस्ता अन्वेषक र व्यवहार वैज्ञानिकहरूले विद्यार्थीहरूको कार्यसम्पादन मापनकालागि एक मुख्यतत्वको रूपमा दक्षताहरू पहिचान गर्नुपर्नेमा विशेष ध्यान केन्द्रित गरेका छन् । उनले विद्यार्थीको शैक्षिक तथा सामाजिक कार्यसम्पादनमा सुधार गर्न श्रव्य दृश्य इन्फोटेनमेन्ट, सबलिमिनल ट्रेनिङ, ध्यान, स्पिड रिडिङ र मेमोरी गेमजस्ता उपायहरू प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनी भारतको एक प्रमुखभ्यालु बेस्ड संस्थानजिन्दल इन्स्टिच्युट अफ बिहेभियरल साइन्सेजका प्रमुख पनि हुन् । साहनीले ५० भन्दा बढी देशका २ लाखभन्दा बढी विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारी, उद्योग व्यवसायीलाई योग्यतानक्सा, व्यावसायिक सञ्चार, निर्णय लिने क्षामाता, तनाव व्यवस्थापन, कार्यसम्पादन अभिवृद्धि, भावनात्मक बुद्धिमत्ता र शिक्षण अभ्यासहरू सम्बंध तालिम दिइसकेका छन् । उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलहरूमा ४० भन्दा बढी अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका छन् भने १९ पुस्तकहरू पनि लेखेका छन् ।

प्रतिक्रिया