मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी साे बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया