सूर्या र ज्योति लाइफ बीच मर्जर सम्झौता

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ । सम्झौता भएपनि कम्पनीले हाल सेयर मिलान अनुपात तय गरेको छैन ।

कम्पनीले मर्जर सम्बन्धि सैदान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डिडिए) तयार गर्ने उल्लेख छ । डिडिएपछि कम्पनीहरूको स्वाप रेसियो तय हुने छ । हाल बीमा समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ तोकेको छ । उक्त पुँजी पु¥याउन कम्पनीहरू मर्जरमा जान लागेका हुन । हाल सूर्या लाइफको २ अर्ब ५५ करोड रूपैयाँ र ज्योति लाइफको दुई अर्ब ४२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया