मन्त्रीको राजीनामा खल्तीमा भएको माधव नेपालको खुलासा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामापत्र बुझाइसकेको खुलासा गरेका छन् ।

उनले ति मन्त्रीको राजीनामा आफ्नो खल्तीमा भएको र आइतबार साँझ नै उनीहरु पदमुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामापत्र बुझाइसकेको बताए ।

उनले भने, मन्त्रीहरुले राजीनामापत्र बुझाउँदै पार्टीले आवश्यकताअनुसार सो पत्र बाहिर ल्याओस् भनेकाले राजीनामा पत्र गोजिमा लिएर हिँडिरहेको छु कुनै पनि बेलामा सो पत्र सार्वजनिक हुन्छ ।’

यसैबीच लामो समयदेखि विवादमा आएका भनिएका संस्कृति तथा नागरिक उड्यानमन्त्री प्रेम आलेले आइतबार बिहानै राजीनामा बुझाएका छन् । आफू पार्टीको इमन्दार सिपाही भएकोले निर्णय बमोजिम पार्टी अध्यक्ष नेपालाई राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया