भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकता

छायानाथको नीति तथा कार्यक्रम प्रस्तुत

मुगु । जिल्लाको छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले ११आँै नगरसभामा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकामा भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपले सम्पन्न, भौतिक रूपले सहरी सुविधायुक्त, राजनीतिक हिसाबले समाबेशी सहभागिता, वातावरणीयरूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित नगरको रूपमा विकास गर्ने लक्ष्य छ ।

नगरपालीकाभित्रका १४ वडाका अधिकांश बस्तीमा सडक संजाल जोडिसकिएको छ । सडक पुगेका वडामा नगरवासीको सेवा प्रवाहका लागि गमगढी, ताल्च, सल्लेरी, गमगगढी, बालै, पिना, गमगढी निगाले, फुली, गमगढी, रुगा बामा, गमगढी घाट हुदै लुम्स र गमगढी, चराप, गाडापानी हँुदै रोवासम्म सहुलियत भाडा कायम गरी नगर बस सञ्चालनमा ल्याइने नीतिमा उल्लेख छ । एक वर्षभित्र उज्यालो घर हाम्रो नगर सञ्चालन गरी र २१आँैै शताब्दीमा पनि अँध्यारोमा बस्न बाध्य भएका समुदायका लागि सोलार जडान तथा पानी खोला गयलदेव मिनि हाइड्रोपावर सञ्चालन गरी हरेक बस्तीमा विद्युतीकरण गरिने र उज्यालो गाउँका रूपमा रूपान्तरित गर्न आवश्यक क्षेत्रमा सडक बत्तीको व्यवस्था गर्ने नगरप्रमुख विष्णुकुमार भामले बताए ।

नगरपालिका भित्रका वडामा प्राथमिक विद्यालय टाढा भई बालबालिकालाई पठनपाठनमा असहज भएका गाउँ बस्तीमा बाल विकास केन्द्र स्थापना, नगरपालिका भित्रका सबै विद्यालयमा कम्प्युटर कक्षा तथा इन्टरनेट जडान गरिनुका साथै विपन्न तथा गरिब परिवारका विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने नीति लिएको छ । नगरपालिका भित्रका एकदेखि १४ वडा सम्मका दलित घरपरिवारलाई दसँैभत्ता उपलब्ध गराउने र दसँैभत्ता वापत पहिलो चरणमा २५ सयका दरले उपलब्ध गराउने व्यवस्था गरिनेछ । नगरपालिकामा सडक दुर्घटना, बाढी, पहिरो आगलागीको उच्च जोखिममा रहेकाले, विपत् व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै, विपत् व्यवस्थापन कोषको स्थापनालगायत दमकलको व्यवस्था गरिनेछ ।

यसैबीच शारीरिक, मानसिक, सामाजिक रूपमा स्वस्थ जन, छायानाथ राराको धन भन्ने नारालाई साकार पार्न प्राथमिक स्वास्थ्य केन्द्र स्यास्थ्यचौकी तथा आयुर्वेद औषधालयको भौतिक अवस्था सुधार र स्रोत साधनमा वृद्धि गरिनेछ । जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नतिगरी विषेशज्ञ सेवा प्रवाह गरिनुका साथै एक वडा एक एम्बुलेन्स सेवाको विस्तार गरिने नगरप्रमुखले बताए । कृषि उत्पादन वृद्धि गर्न पहिलो प्राथमिकतामा कृषिमा जोड दिई खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेतीयोग्य जमीनको समूचित प्रयोगको नीति लिएको छ ।

दूध, फुल, माछा, मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्याउ, ओखर उत्पादन हुने बामा, ताल्च, शोभा लगायतका स्थानमा कस्मिरे स्याउ, खोखरका बिरुवा रोपी आर्यआर्जनमा वृद्धि गराइनेछ । यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचानगरी पर्यटन प्रवर्धनमा जोड दिई रारा आउने पर्यटकलाई अन्य पर्यटकीय स्थलको भ्रमण गर्न पे्ररित गर्ने नीति लिइएको छ । ताल्चा विमानस्थलमा एयरपोर्ट ट्याक्समा वृद्धि गरिनुका साथै हवाई यात्रा गर्ने यात्रुलाई नगरपालिका अंकित चक्लेट वितरण गरिने व्यवस्था मिलाइनेछ ।

पर्यटक आउने मार्गको विस्तार गर्ने पर्यटन क्षेत्रको विकासका लागि रारा आउने पर्यटकलाई जिल्लाका सरोकारवाला निकायको पहलमा चक्रपथको विकास गरी एक बास गमगढीमा बस्न पिना, बालै गमगढी सडकलाई बिस्तार गरी रारा जाने वातावरणको सिर्जना गरिनेछ ।
यसैबीच नगरपालिको समृद्धिका लागि रोजगारी तथा गरिबी निवारण, महिला सशक्तीकरण खानेपानी तथा सरसफाइ, सामाजिक विकास वातावरण तथा विपत् व्यवस्थापन, सुशासन बस्ती विकास, युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिई कार्यान्वयनमा ल्याइने छायानाथ रारा नगरपालिकाले जनाएको छ । बेरोजगार वर्गलाई स्वरोजगार बनाउन मेयर रोजगार कार्यक्रम तथा खेल क्षेत्रको विकास गर्न हरेक वडामा खेल मैदान र नगरपालिकास्तरीय आधुनिक रंगशाला निर्माण गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । छायानाथ रारा नगरपालिकाले आगामी १५ असारमा बजेट ल्याउने जनाएको छ ।

प्रतिक्रिया