सखुवाप्रसौनी गाउँपालिकाको बजेट ५७ करोड ६९ लाख

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्जनिक गरेको छ । नीति तथा कार्यक्रमबाट ५७ करोड ६९ लाख २१ हजार ७६ रुपैया बराबरको बजेट गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले प्रस्तुत गरिन् । नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने योजनालाई प्राथमिकता मा राखिएको छ । यसका अलावा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा बढी जोड दिइएको छ ।

गाउँपालिकाका सुत्केरी, गर्भवति महिला,सुतकेरी महिला,र ज्येष्ठ नागरिकका लागि निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने गाउँपालिका मा बिबिएस कक्षा संचालन मा ल्याने बाँकी रहेको स्वास्थ्यकर्मी संस्थामा बर्थिंग सेन्टर सञ्चालनमा ल्याउने र वडा २ मा १५ सैयाको अस्पताल स्थापना गर्ने विशेष योजना रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

ऐतिहासिक पारसनाथको मन्दिरलाई धार्मिक एवम् पर्यटकिय स्थलको रुपमा बिकास गर्ने गाउँपालिकाको योजना छ । पर्सागढीको कोइलाभार मन्दिरदेखि सखुवनीया हुँदै सिद्धपुरस्थित शिवधाम मन्दिरलाई पनि धार्मिक पर्यटकिय क्षेत्र बनाइने अध्यक्ष यादवले बताए । युवा तथा खेलकुद बिकासको लागि पनि गाउँपालिका गम्भिर रहेको अध्यक्ष यादवको भनाई छ । शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने गरी काम गर्ने अध्यक्ष यादवको प्रतिबद्धता छ ।

यसवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, वडा नम्बर १ का वडाअध्यक्ष बासुदेव महतो थारु, २ का अध्यक्ष चिरंजिवि प्रसाद महतो थारु, ३ का अध्यक्ष मोजामिल अन्सारी, ४ का अध्यक्ष महम्मद अरिफ अन्सारी, ५ का अध्यक्ष अशेश्वर प्रसाद यादव र ६ का अध्यक्ष मुन्ना प्रसाद कम्कर, वडा सदस्य, गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया